सूचनाको शक्ति - The Power Of Information

        

मन्त्रिपरिषद्को बैठक

मन्त्रिमण्डल पुर्नगठनका विषयमा ओली र प्रचण्डबीच छलफल, मन्त्रिपरिषद्को बैठक डाकियो

महत्वपूर्ण निर्णय हुनेसक्ने आंकलन

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

मन्त्रिपरिषद् पुर्नगठन र संवैधानिक निकायमा नियुक्तीका विषयमा छलफल गर्न दुवै अध्यक्षबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफल मन्त्री हेरफेरका विषयमा केन्द्रीत रहेको बताइएको छ ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिमण्डल पुर्नगठनको हल्ला चलिरहेका बेला सबै मन्त्रीलाई मध्याह्न १२ बजे बालुवाटार बोलाएका हुन् । आजको बैठकमा महत्वपूर्ण निर्णय हुनेसक्ने आंकलन गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतवार ११:३९