काठमाडौं । कोरोना संक्रमणका कारण विभिन्न अस्पतालमा थप दुई जनाको मृत्यु भएको छ ।
झापाको कनकाई नगरपालिका–९ निवासी ४४ वर्षीय पुरुषको उपचाका क्रममा मृत्यु भएको हो ।
पीसीआर परीक्षणपछि रिपोर्ट आएकै दिन उनको गएराति मृत्यु भएको कनकाई नगरपालिका–९ का वडाअध्यक्ष प्रेम राजवंशीले बताउनुभयो ।
झापामा योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
यसैगरी अछामको बान्नीगढी जयगढ गाउँपालिका– ३ बर्दादेवीका ३४ वर्षीय पुरुषको पनि गएराति जिल्ला अस्पताल अछाममा मृत्यु भएको छ । उनी भाद्र २५ गते भारतबाट अछाम पुगेका थिए ।
सत्यपाटी ।