सूचनाको शक्ति - The Power Of Information

        

प्रिमियर लिगमा एभर्टनको लगातार तेस्रो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लगातार तेस्रो जित निकालेको छ ।

गएराति भएको खेलमा क्रिस्टल प्यालेसलाई २–१ गोल अन्तरले पराजित गर्दै एभर्टनले लगातार तेस्रो जित निकालेको हो ।

क्रिस्टलको मैदानमा एभर्टनका लागि डोमिनिक लेविन र रिचार्लीसनले एक एक गोल गरे । क्रिस्टलका चिखोउ कोउयाटेले एक गोल फर्काए ।

जितसँगै एभर्टनले ३ खेलमा ९ अंक जोडेको छ । एभर्टन तालिकाको शीर्ष स्थानमा रहेको छ । एभर्टनले पहिलो खेलमा टोटेनहमलाई १–० ले हराएको थियो । दोस्रो खेलमा एभर्टनले वेस्ट ब्रुमलाई ५–२ ले हराएको थियो । क्रिस्टलको यो पहिलो हार हो ।

क्रिस्टलले २ खेलमा ६ अंक जोडेको छ । यस अघि क्रिस्टलले पहिलो खेलमा साउथह्याम्पटनलाई १–० ले र दोस्रो खेलमा म्यानचेस्टर युनाइटेडलाई ३–१ ले हराएको थियो । एजेन्सी

प्रकाशित मिति : ११ आश्विन २०७७, आइतवार ०८:४०