सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा १७ प्रहरीसहित ३२ जना कोरोना संक्रमित

बर्दिया  ।  भेरी अस्पताल नेपालगन्जमा गरिएको पीसीआर परीक्षणमा थप ३२ जनामा कोरोना संक्रमण भएका छन् । तीमध्ये जिल्ला प्रहरी कार्यालयका १७ जना प्रहरीका रहेको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताए ।

शनिबार नेपालगन्जको भेरी अस्पतालको प्रयोगशालामा गरिएको २ सय जनाको परीक्षणमा बर्दिया गुलरिया नगरपालिकाका २१ जना रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीका अनुसार बढैयाताल गाउँपालिकामा ४, जिल्ला अस्पताल गुलरियामा ४, मधुवन, ठाकुरबाबा र ठाकुरबाबा नपामा १/१ गरी ३२ जना रहेको बताए । तीमध्ये पुरुष २४ र महिला ८ जना रहेका छन् ।

जिल्लाका विभिन्न आइसोलेसन र होम आइसोलेसनमा गरी २ सय १ जना रहेका छन् । शनिबार साँझसम्म ४ सय १९ जना निको भई घर फर्किसकेका छन् । कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १८:३६