सूचनाको शक्ति - The Power Of Information

        

सुनका गहनासहित दुईजना समातिए

कैलाली  । नेपाल–भारत सीमानाका कैलालीको डोकेबजार क्षेत्रबाट सुनका गहनासहित दुईजना पक्राउ परेका छन् ।

क्षेत्रीय अनुसन्धान टिम सुुदूरपश्चिम प्रदेशले भारतको मुम्बईबाट आएका दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा डोटीको केआइसिंह गाउँपालिका वडा नम्बर-२ का २२ वर्षीय मोहन कटुवाल कामी र १९ वर्षीय सुमित भुजेल रहेका छन् ।

उनीहरुले सुनका गहनाहरु चोरी गरी नेपाल ल्याउँदै गर्दा नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेशकुमार सिंहले बताउनुभयो ।

मोटो बाला पाँचथान, चुरा चारथान, औंठी चारथान, झुम्का छथान, कानको टप एकजोडी, हार एकथान, सानो बाला एकथानलगायतका गहना बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले जानकारी दिनुभयो ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : १० आश्विन २०७७, शनिबार १८:२९