बाँके । बाँकेमा सङ्क्रमित हुनेभन्दा कोरोना सङ्क्रमणमुक्त भएर घर फर्किनेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य कार्यालय बाँकेका अनुसार केही दिन अघिसम्म जिल्लामा निको हुने दर ७३ प्रतिशत रहेकामा हाल आएर सो वृद्धि भई निको हुने दर बढेर ७९.५४ प्रतिशत पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जिल्लाका विभिन्न आइसोलेसन सेन्टरबाट शनिबारमात्रै ५० जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । स्वास्थ्य कार्यालयका अनुसार आज संक्रमणमुक्त हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् ।
उनले शनिबार ५० निको भएर घर फर्किएसँगै जिल्लामा निको हुने एक हजार ३३७ पुगेको बताए । उनले हालसम्म एक हजार ७७४ जनामा सङ्क्रमण पुष्टि भएकोमा एक हजार ४११ निको भएर घर फर्किएको बताए । कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार बाँकेमा बिरामीको मृत्यु दर ०.६८ प्रतिशत रहेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा कोरोना रोगको प्रकोप दर ०.२९ प्रतिशत रहेको छ । कोरोना फोकल पर्सन श्रेष्ठले अहिले पनि ३५८ जना संक्रमित विभिनन आइसोलेशनमा उपचाररत रहेको जानकारी दिए । बाँकेमा हालसम्म मृत्युपछि कोरोना पुष्टि हुनेको संख्या १२ पुगेको छ ।
सत्यपाटी ।