सूचनाको शक्ति - The Power Of Information

        

कृषि विधेयकको विरोधमा भारतका किसान आन्दोलित, आज देशव्यापी चक्काजाम

काठमाडौं । कृषि विधेयकको विरोधमा भारतका किसानले देशव्यापी चक्काजाम गरेका छन् ।

भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकलाई किसानको हितैषी भनेपनि यसबाट किसानहरुको आय बढ्ने दावी गरेको छ ।

तर, किसानहरुले भने विधेयक आफूहरुको पक्षमा नरहेको भन्दै आन्दोलित भएका हुन् ।

उनीहरुले यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् ।

भारतीय किसानहरुको आन्दोलनको प्रभाव सबैभन्दा धेरै पन्जाब र हरियाणामा परेको छ ।

पन्जाबमा हिजोदेखि नै रेल रोक्ने अभियान चलाइएको थियो । भारतीय किसान आन्दोलन समन्वय समितिको अगुवाईमा किसानहरु आन्दोलनमा उत्रिएका हुन् ।

यो समितिमा किसानहरुका विभिन्न १२ संगठन सहभागी भएका छन् । यी संगठनहरु कुनै पनि राजनीतिक दलसँग सम्बन्धित नरहेको बताइन्छ ।

उत्तर प्रदेश, मध्य प्रदेश, कर्नाटक, तमिलनाडु, पन्जाब र हरियाणामा किसान संगठनको प्रभाव धेरै छ ।

किसानहरुको यो आन्दोलनमा राजनीतिक दललेसमेत साथ दिएका छन् । बीबीसी

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०९:५८