सूचनाको शक्ति - The Power Of Information

        

दाउन्नेमा पहिरोले बस पुरिंदा एकको मृत्यु, १७ घाइते

काठमाडौं ।  पूर्वी नवलपरासीको बुटवल- नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा खसेको पहिरोमा  बस पुरिंदा बसमा सवार एक जनाको मृत्यु भएको छ । पहिरामा परी १७ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये पश्चिम रुकुमको आठविसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसीको बिहीबार राति ९ बजे  उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ ।  पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएकाे प्रहरीकाे भनाइ छ ।

उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०८:२४