सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरस विरुद्ध तयार पारेको खोपमाथि प्रतिबन्ध

काठमाडौं । कोरोना भाइरसको खोप बनाउने होडमा रहेको अक्सफोर्ड युृनिभर्सिटी र अस्ट्राजेनेकाले तयार पारेको खोपमाथि अझै प्रतिबन्ध लगाइएको छ ।

अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशनले एक बिरामीमा देखिएको साइड इफेक्टको जाँचका लागि खोपको परीक्षण रोकेको हो । यसअघि अस्ट्रोजेनेकाले बेलायतबाट अनुमति पाएपछि खोपको परीक्षण पुन सुरु भएको हो ।

अक्सफोर्ड युृनिभर्सिटी र अस्ट्राजेनेकाले भने साइड इफेन्ट भएको बारे परीक्षण गर्न ढिलाई गरिएको भन्दै खोपमाथिको प्रतिबन्ध हटाउन माग गरेको छ ।

खोप तयार भएको तेश्रो चरणको क्रममा एक स्वयमसेवकमा परीक्षण गर्ने क्रममा मेरुदण्डको हड्डी सुन्निएपछि खोपमाथि प्रतिबन्ध लगाइएको थियो । एजेन्सी

प्रकाशित मिति : ९ आश्विन २०७७, शुक्रबार ०८:०३