सूचनाको शक्ति - The Power Of Information

        

पहिरोको कहर

नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि बन्द : नारायणगढ-नौबिसे सडक एकतर्फी

चार किलोमा पहिरो खसेसँगै सडक बन्द

काठमाडौं ।  नारायणगढ-मुग्लिङ सडकखण्ड फेरि बन्द भएको छ ।

नारायणगढ-मुग्लिङ खण्डको चार किलोमा पहिरो खसेसँगै सडक बन्द भएको हो । इच्छाकामना गाउँपालिका वडा नम्बर ६ चार किलोमा गएराति पहिरो खसेको जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टले बताए ।

उनका अनुसार राति लेदोसहित पहिरो खसेका कारण सडक बन्द भएको छ । त्यही ठाउँमा हिजो दिउँसो पनि पहिरो खसेको थियो । पहिरो हटाएर बेलुका ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो । यस्तै पृथ्वी राजमार्गको नारायणगढ-नौबिसे सडकखण्ड अन्तर्गत कुरिनटारको पहिरो पन्छाएर एकतर्फी सञ्चालन भएको छ ।

हिजो बेलुका खसेको पहिरो हटाएपछि रातिदेखि नै एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातार पानी परेपछि नारायणगढ-मुग्लिङ सडकखण्ड र पृथ्वी राजमार्गको ठाउँ-ठाउँमा पहिरो खस्ने गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार ०७:४७