काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमवविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदनको आज सुनुवाइ हुँदैछ । सोमबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहित अन्य दुईजनाले दायर गरेको रिटको बुधबार पेसी तोकिएको थियो ।
गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनयन संविधानविपरीत भएको र तथा उनलाई मन्त्री नबनाउन मागसहित सर्वोच्चमा रिट निवेदन दायर गरिएको थियो । वरिष्ठ अधिवक्ता त्रिपाठीले आज रिट निवेदनको एकैपटक सुनुवाइ हुने र गौतमको मन्त्री बन्ने नबन्ने फैसला हुने जानकारी दिएका छन् ।
प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको व्यक्ति विभिन्न दाउपेच गरी राष्ट्रिय सभामा मनोनीत भएको र मन्त्री पनि बन्न लागेको भन्दै गौतमविरुद्ध अधिवक्ताहरु सर्वोच्च पुगेका हुन् ।
सत्यपाटी ।