सूचनाको शक्ति - The Power Of Information

        

आईपिएलः छक्काको वर्षातले चेन्नाई सुपर किङ्स पराजित, राजस्थान रोयल्स विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ ।

युएईको सारजहा क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नई सुपर किंग्सलाई १६ रनले हराउँदै राजस्थानले नयाँ सिजनमा विजयी सुरुवात गरेको हो ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २ सय १६ रन बनायो ।

उसका लागि सन्जु स्यामसनले ३२ बलमा ९ छक्का र एक चौकाको मद्दतले ७४ रन बनाए । यसैगरी कप्तान स्टेभन स्मिथले ६९ रनको योगदान दिए ।

अन्तिम ओभरमा राजस्थानमा जोफ्रा आर्चरले विस्फोटक ब्याटिङ गर्दै ३० रन जोडेपछि राजस्थानले उच्च योगफल बनाएको हो । बलीङतर्फ चेन्नाईका साम कुरानले तीन विकेट लिए ।

जवाफमा २ सय १७ रनको लक्ष्य पछ्याएको चेन्नेईले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन मात्र बनाउन सक्यो ।

चेन्नईका फाफ डु प्लेसिसले ७२ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

जारी आईपिएलमा राजस्थानको यो पहिलो खेलमा पहिलो जित हो भने चेन्नाईको दुई खेलमा पहिलो हार हो । एजेन्सी

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार ०७:५७