सूचनाको शक्ति - The Power Of Information

        

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार नाघ्यो

काठमाडाैं । कोरोना भाइरसका कारण विश्वभर मृत्यु हुने र संक्रमितको संख्या बढ्दै गइरहेको छ । कोरोना संक्रमणबाट विश्वमा सबैभन्दा बढी अमेरिका, भारत, ब्राजिल, रसिया लगायतका ठुला देशहरु बढी प्रभावित भएका छन् ।

यस्तै वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ लाख ६९ हजार २ सय ९८ पुगेको छ भने संक्रमितको संख्या ३ करोड १४ लाख ८२ हजार ६ सय ४ पुगेको छ ।

यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका २ करोड ३१ लाख १० हजार ८६ जना उपचारपछि निको भएका छन् । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट २ लाख ४ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ७० लाख ४६ हजार २ सय १६ पुगेको छ ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख ३७ हजार ३ सय ५० पुगेको छ भने संक्रमितको संख्या ४५ लाख ६० हजार ८३ पुगेको छ ।

त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ हजार ४ सय ८९ पुगेको छ भने संक्रमितको संख्या ११ लाख ९ हजार ५ सय ९५ पुगेको छ ।

w.PNG

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १०:३९