सूचनाको शक्ति - The Power Of Information

        

पहिरोका कारण मध्यपहाडी पुष्पलाल लोकमार्गमा अवरुद्ध

बागलुङ । राष्ट्रिय गौरवको आयोजना रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड पहिरोका कारण अबरुद्ध भएको छ । अविरल वर्षपछि बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२ राक्सेमा पहिरो जाँदा मध्यपहाडी पुष्पालाल लोकमार्ग अवरुद्ध भएको हो ।

दगातुन्डाँडाको जिमीबाट खसेको पहिरोले राक्से भन्ने स्थानमा सडक अबरुद्ध भएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहर सिंह पाइजाले जानकारी दिए ।

सोमबार साँझबाट अबरुद्ध भएको पहिरो मंगलबाग बिहानैबाट बडिगाड गाउँपालिकाको डोजरले खुलाउने प्रयास थालेपनि समय लाग्ने गाउँपालिका–२ का वडाध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिए।

उक्त पहिरोले स्थानीय दुर्गा अर्याल, जितबहादुर विक, विरबहादुर घर्ती, धनबहादुर थापा र गोविन्द अघिकारीको घरमा समेत क्षति पु¥याएको शेरचनको भनाई रहेको छ । पहिराले घरको पाली, गारो तथा छानोको भागमा क्षति पु¥याएपछि सोमबार साँझनै पाँच परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

लोकमार्ग अवरुद्ध भए पछि बुटवल, पोखरा, बागलुङ बजार हुँदै रुकुम पुग्ने सवारीसाधनहरु अलपत्र परेका छन् । पछिल्लो समय लोकमार्गमा पहिरो खसेर सडक अबरुद्ध भइरहेको छ ।

एक हजार ७७६ किलोमिटर लामो पुष्पलाल मध्ये पहाडी लोकमार्गको सबै भन्दा बढीं १४२ किलोमिटर सडक खण्ड बागलुङमा पर्छ । जसमध्ये ५२ किलोमिटर सडक अझै कालोपत्रे हुन सकेको छैन ।

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलवार १०:३४