काठमाडाैं । स्त्री रोग विशेषज्ञ डा भोला रिजाल र उनकी श्रीमती कोरोना संक्रमणमुक्त भएका छन्। गत भदौ १३ गते संक्रमण पुष्टि भएपछि रिजाल दम्पती भदौ १४ गते ह्याम्स अस्पतालमा भर्ना भएका थिए।
डा रिजालले आफूहरु २२ दिनको अस्पताल बसाईपछि सोमबार डिस्चार्ज भएको जनाएका हुन्। उनले आफुहरुको उपचारमा संलग्न अस्पतालका डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुलाई धन्यवाद दिएका छन्।
उनले कोरोना संक्रमणबाट सुरक्षित रहन नियमित हात धुन, अनुहार छोप्न र सामाजिक दूरी कायम गर्न पनि सबैलाई आग्रह गरेका छन्। कोभिडको कुनै लक्षण देखिएमा आफूलाई अलग राख्न पनि उनको आग्रह छ।

सत्यपाटी ।