सूचनाको शक्ति - The Power Of Information

        

३९ औं अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा नेपालगञ्जमा दिप प्रज्वलन

बाँके । ३९ औं अन्तराष्ट्रिय शान्ति दिवसका अवसरमा नेपालगन्जमा दिप प्रज्वलन गरिएको छ । सँगै मिलेर शान्तिलाई साकार पारौं भन्ने नाराका साथ यस वर्ष पनि दिवस मनाइएको छ । विश्व शान्तिको उद्देश्यले हरेक बर्ष यो दिवस विश्वभर मनाइने गरिन्छ ।

द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको संयोजनमा सोमबार साँझपख न्यूरोडस्थित शान्ति स्मारकमा दिप प्रज्वलन गरिएको हो । स्मारकमा शान्तिको प्रतिक परेवा अंकीत चित्र बनाएर दिप प्रज्वलन गरिएको थियो । सशस्त्र द्वन्द्व, मधेश आन्दोलन, थरुहट आन्दोलनमा बाँकेमा मारिएका, वेपत्ता पारिएका र शहीद भएकाहरुको सम्झनास्वरुप उनीहरुको नाम अंकीत गरिएको छ ।

 

द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती केसी, संस्थापक अध्यक्ष शोभा बिसी, द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेका पूर्वअध्यक्ष एवं खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया बिक, नेपालगन्ज उपमहानगरपालिका–१० की वडा सदस्य एवं द्वन्द्वपीडित अगुवा वसन्ता जोशी लगायतको उपस्थिति रहेको थियो ।

कोरोना संक्रमणको विषम परिस्थितिलाई मध्यनजर गर्दै अन्य कार्यक्रम भने गरिएको थिएन ।ं विशेषगरि १२ बर्षे शसस्त्र द्वन्द्वको अन्त्य र शान्ति प्रक्रियाको संस्थागत शुरुवातको खुसियालीमा नेपालमा शान्ति दिवसलाई लिने गरिन्छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार २१:१६