सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो

काठमाडौँ । सबैभन्दा बढी कोरोना भाइरस फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ७० लाख नाघेको छ ।

गएको २४ घण्टामा मात्रै ३३ हजार ३४४ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ७० लाख ४ हजार ७६८ पुगेको छ । त्यस्तै २ लाख ४ हजार ११८ जनाको मृत्यु भएको छ ।

गएको २४ घण्टामा मात्रै अमेरिकामा २९४ जनाको ज्यान गएको छ । अहिलेसम्म ४३ लाख ९२ हजार कोरोना संक्रमित कोरोनामुक्त भएका छन् । १० लाख संक्रमितको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १०:४०