सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेट : विश्वभर ३ करोड ९ लाख बढीलाई कोरोना संक्रमण

काठमाडौं  । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ३ करोड ९ लाख नाघेको छ।

सोमबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ३ करोड ९ लाख  १८ लाख २ सय ६९ जना संक्रमित भएका छन्।

अमेरिकामास सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। अमेरिकामा संक्रमितको संख्या ६७ लाख ९९ हजार ४४ पुगेको छ। त्यस्तै भारतमा ५४ लाख ६ सय १९, ब्राजिलमा ४५ लाख ४४ हजार ६ सय २९ र रुसमा १० लाख ९८  हजार ९ सय ५८ जनामा ंसंक्रमण पुष्टि भएको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ५९ हजार नाघेको छ ।पछिल्लो तथ्यांक अनुसार ९ लाख ५९ हजार २ सय ९५ जनाको मृत्यु भएको छ।

अमेरिकामा १ लाख ९९ हजार ४ सय ७४,  ब्राजिलमा १ लाख ३६ हजार ८ सय ९५ ,  मेक्सीकोमा  ७३ हजार ४ सय ९३, बेलायतमा ४१ हजार ८ सय ६६, इटालीमा ३५ हजार ७ सय ७ जनाको मृत्यु भएको छ।

विश्वभर दुई करोड  ११ लाख ५२ हजार ३ सय १२ जना संक्रमणमुक्त भएका छन्।
सोमबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३९ लाख ६३ हजार ४ सय ४६, अमेरिकामा २५ लाख ९० हजार ६ सय ७१, रुसमा ९ लाख ६ हजार ४ सय ३१ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ६४ हजार १ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४६ हजार २ सय ३३  जना संक्रमणमुक्त भएका छन् भने ४ सय ११ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ५४ लाख ६ सय १९ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८६ हजार ७ सय ५२ पुगेको छ। भारतमा हालसम्म ४३ लाख ३ हजार ४३जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख ५ हजार ६ सय ७१ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ४ सय १६ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९२ हजार ३ सय ३ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४८ हजार ९ सय १८ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ५६ हजार ५ सय ६५  छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय ४१ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ५ सय ७६ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ७ सय २४ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ८ हजार २ सय ६१ पुगेको छ ।
श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ८३ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार ८८ रहेको छ।
भुटानमा संक्रमितको संख्या २५९ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १९० छ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार ०८:५९