सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ देखि ५ सम्मका केही स्थानमा तीन दिन हावाहुरीसहित भारी वर्षाको संभावना

काठमाडौं । आजसहित तीन दिन प्रदेश १ देखि ५ सम्मका विभिन्न स्थानमा हावाहुरीसहित भारी वर्षाको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले प्रदेश १ र २ का केही स्थानमा हल्का तथा मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। प्रदेश १ र २ का केही स्थानमा हावाहुरीको संभावना भएको महाशाखाले जनाएको छ।

आज राति प्रदेश १, २ र बागमतीका केही स्थानमा भारी वर्षाको संभावना छ। यी प्रदेशसहित गण्डकी र प्रदेश ५ मा राति हावाहुरीको पनि संभावना छ।

भोलि मंगलबार पनि देशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का र मध्यम वर्षा हुनेछ। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै बुधबार पनि ती प्रदेशका केही स्थानमा हावाहुरी र भारी वर्षाको संभावना छ। देशभर सामान्य बदली भइ केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पनि महाशाखाले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार ०८:०२