सूचनाको शक्ति - The Power Of Information

        

दोलखा, रुपन्देही, चितवन र दाङमा ४ जना मृत फेला

काठमाडौं । दोलखा, रुपन्देही, चितवन र दाङमा चारजना मृत फेला परेका छन् ।

दोलखा, शैलुङ गाउँपालिका ८ कोभिन्डेका ४३ वर्षीय खड्गबहादुर थपलिया मृत फेला परेका छन् ।

कसैलाई नभनी शुक्रबार हिँडेका उनी घरदेखि करिब ५ सय मिटर टाढा पाखखर्क भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।

रुपन्देही, तिलोत्तमा नगरपालिका १४ स्थित तिनाउ नदीमा परिचय नखुलेका करिब ३२ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।

चितवनको भरतपुर महानगरपालिका ७, क्यान्सर अस्पतालस्थित नहरमा सोही अस्पतालका कर्मचारी बारा सिमरा घर भएका ३२ वर्षीय सुरेश मिश्र मृत फेला परेका छन् ।

यस्तै दाङको घोराही उपमहानगरपालिका ८, पूर्वी सेवारस्थित बाटोमा सोही ठाउँका ८२ वर्षीया जमुनादेवी सुनार मृत फेला परेकी छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतवार १२:३४