सूचनाको शक्ति - The Power Of Information

        

बर्दियामा जङ्गली हात्तीको आतङ्क

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमास लगायत बालीमा क्षति गर्ने गरेको मधुवन–१ का धनिराम थारूले बताए ।

उनका अनुसार गएराति हात्ती धपाउन बसेका स्थानीयवासी ४५ वर्षीय कृष्णप्रसाद थारू हात्तीको आक्रमणमा परी घाइते भएका छन् । राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले बर्सेनी घर भत्काउने, स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सान गर्ने गरेको छ ।

एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको थारूले सुनाए । जङ्गली जनावरहरुको क्षति रोक्न र स्थानीयवासीलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको वडाध्यक्ष बिन्तीराम थारूले बताए । तारबारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र तार बाँधिएका पोलहरु ढलेका कारण मर्मतको तयारी भइरहेको थारूले जानकारी गरए । रासस

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १६:२१