सूचनाको शक्ति - The Power Of Information

        

स्वतन्त्र गजल

गाउँ छुटाएर सहर दिलाएर गयौं,
मलाइ झुक्याएर जहर पिलाएर गयौं ।

मन मेरो पनि हो तर बुझ्न सकिनौं,
ठूलो महलमा नजर मिलाएर गयौं ।

सम्बन्ध हाम्रो नराम्रो त थिएन तर,
नबोल्ने गरी अधर सिलाएर गयौं ।

हुन त रहर जिन्दगीमा सबैमा हुन्छ,
तर मेरा सबै रहर जिलाएर गयौं ।

 

जानकी गाउँपालिका–३, सदभावनगर, बाँके

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार १४:२२