बाँके । बाँकेमा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १५ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ जना गरी २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरु २० बर्षदेखि ७० बर्ष उमेरसमूहका रहेको जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिएका छन् । थपिएका अधिकांश संक्रमितहरु बाँके जिल्लाका छन् । योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ५७० पुगेको छ भने हालसम्म ९ जनाको मृतयुपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

सत्यपाटी ।