सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

हालसम्मकै उच्च कोरोना संक्रमित, एकैदिन उपत्यकामा ८५९ सहित २०२० मा संक्रमण

७ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा हालसम्मकै उच्च कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम अनुसार पछिल्लो २४ घण्टामा २०२० जनामा संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको जम्मा संख्या ६१ हजार ५ सय ९३ पुगेको छ ।

२४ घण्टामा ११४५८ जनाको पीसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ८७१ जना डिस्चार्ज भएका छन् ।

सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।

आइसोलेसनमा ९२९५ जना रहेका छन् भने होम आइसोलेसनमा ८०८८ जना रहेका छन् ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६९८, भक्तपुरमा ८२ र ललितपुरमा ७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

उपत्यकामा कोरोना संक्रमितको संख्या शुक्रबार हाललेसम्मकै उच्च संक्रमित भेटिएका हुन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ ।

मृत्यु भएकामध्ये ५ पुरुष र २ महिला छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष, काठमाडौंमा ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र नवलपरासीमा ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३९० पुगेको छ ।

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १७:०९