सूचनाको शक्ति - The Power Of Information

        

चल्न थाले मध्यम र लामो दूरीका बस

काठमाडौं । लामो समय नचली थन्किएका लामो तथा मध्यम दूरीमा चल्ने गाडीहरु बिहीबारदेखि फेरि गुड्न थालेका छन् । यातायात व्यवसायी र चालक महासङ्घ सम्मिलित संयुक्त कार्यदलले बिहीबारदेखि बस सञ्चालनका लागि सबैलाई अनुरोध गरेको छ ।

कार्यदलले सबै चालक, सहचालक र यात्रुलाई सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाउन अनुरोध गरेको हो । चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग अनिवार्य रुपमा गर्न भनिएको छ । यात्रुले यात्रा अवधिभर मास्क लगाउन र सवारी साधनमा चढ्दा, ओर्लदा र खाजा खाँदा भीड नगर्न भनेको छ ।

सरकारले अशोज १ गतेदेखि यातायात सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेपछि सेवा सुरु भएको हो । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले असोज १ देखि लामो रुटको बस सञ्चालनको निर्णय गरेको थियो । यी सवारीसाधनले सिट क्षमताको आधा यात्रु राखेर साविक भाडादरमा ५० प्रतिशत बढी भाडा लिएर यात्रा गराउनुपर्नेछ ।

प्रकाशित मिति : १ आश्विन २०७७, बिहीबार १२:१२