सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा.उप्रेती नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डका अध्यक्षमा डा.सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले नवनियुक्त अध्यक्ष डा.उप्रेतीलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराए ।

यस्तै सदस्यमा डा.सुरेश तिवारी र चन्द्र थापा नियुक्त हुनुभएको छ । उहाँ दुवै जनालाई अध्यक्ष डा.उप्रेतीले पद तथा गोपनीयताको शपथ गराए । मन्त्री ढकालले तीनै जनालाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

मन्त्रालयको बोर्डको कार्यकारी निर्देशकका लागि भने खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न दरखास्त माग गरिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार १३:३४