सूचनाको शक्ति - The Power Of Information

        

कोरोना अपडेट : संक्रमितको संख्या २ करोड ९४ लाख, यस्तो छ सार्क राष्ट्रको तथ्यांक

काठमाडौं । विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई करोड ९४ लाख नाघेको छ। बुधबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर २ करोड ९४ लाख ६८ हजार ५ सय ४ जना  संक्रमित भएको तथ्यांक रहेको छ।

संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ६६ लाख ३ हजार ९ सय २१ पुगेको छ। त्यस्तै भारतमा ४९ लाख ३० हजार २ सय ३६, ब्राजिलमा ४३ लाख ८२ हजार २ सय ६८ र रुसमा १० लाख ६९ हजार ७ सय ७३ जनामा संक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।

त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ९ लाख ३३ हजार  नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९ लाख ३३ हजार २ सय २८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ।

अमेरिकामा १ लाख ९५ हजार ७ सय ३५,  ब्राजिलमा १ लाख ३३ हजार १ सय१९ ,  मेक्सीकोमा  ७१ हजार ६ सय ७६, बेलायतमा ४१ हजार ७ सय ५३, इटालीमा ३५ हजार ६ सय ३३ जनाको मृत्यु भएको छ।

विश्वभर एक करोड ९९ लाख ९० हजार ८ सय ९४ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेको संख्या ब्राजिलमा सर्वाधिक रहेको छ। बुधबार बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ३८ लाख ५९ हजार ३ सय ९९, अमेरिकामा २४ लाख ९५ हजार १ सय २७, रुसमा ८ लाख ८१ हजार ६ सय ९३ जना संक्रमणमुक्त भएका छन्।

नेपालमा पनि ५६ हजार ७ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ४० हजार ६ सय ३८  जना संक्रमणमुक्त भएका छन् भने ३ सय ७१ जनाको मृत्यु भएको छ।

भारतमा संक्रमितको संख्या ४९ लाख ३० हजार २ सय ३६ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ८० हजार ७ सय ७६ पुगेको छ। भारतमा हालसम्म ३८ लाख ५९ हजार  ३ सय ९९ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।

पाकिस्तानमा हालसम्म ३ लाख २ हजार ४ सय २४ जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म २ लाख ९० हजार २ सय ६१ जना उपचारपछि निको भएका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या ३ लाख ४१ हजार ५६ पुगेको छ। बंगलादेशमा हालसम्म ४ हजार ८ सय २ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  २ लाख ४५ हजार ५ सय ९४  छ।

अफगानिस्तानमा संक्रमितको संख्या ३८ हजार ८ सय  १५ पुगेको छ। अफगानिस्तानमा १ हजार ४ सय २६ जनाको मृत्यु भइसकेको छ भने ३२ हजार ९८ जना उपचारपछि निको भएका छन्।

माल्दिभ्समा संक्रमितको संख्या ९ हजार ३ सय २८ जना रहेको छ। मृत्यु हुनेको संख्या ३३ छ भने उपचारपछि निको हुनेको संख्या ७ हजार ७ सय २९ पुगेको छ ।

श्रीलंकामा संक्रमितको संख्या ३ हजार २ सय ७१ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १३ छ भने निको हुनेको संख्या ३ हजार १६ रहेको छ। भुटानमा संक्रमितको संख्या २४६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या १७३ छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०९:५८