सूचनाको शक्ति - The Power Of Information

        

धरानमा दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं । धरानमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। सुनसरी र सप्तरीका दुई पुरुषको मृत्यु भएको हो। खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुषको बिहान सबा ६ बजे मृत्यु भएको हो।

गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना पुष्टि रिफर भएर विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३० गते भर्ना भएका थिए। मिर्गौलाको समस्या रही हप्तामा २ पटक डायलासिस गर्दै  र उच्च रक्तचाप रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए।

त्यसैगरी, धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुषको ३० गते साढे २ बजे मृत्यु भएको हो। प्रतिष्ठानमा उपचाररत संक्रमितमा २८ गते कोरोना पुष्टि भएको थियो।

२७ कोरोनाको लक्षण देखिएपछि कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो। यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०८:३८