सूचनाको शक्ति - The Power Of Information

        

बिहानैदेखि वर्षा र बदली, दिनभरको मौसम कस्तो?

काठमाडौं ।  देशका विभिन्न स्थानमा बुधबार बिहानै वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहानको मौसम बदली भई प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरु मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

मौसमविदका अनुसार प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा भएको छ।

यस्तै बुधबार दिउँसो पनि देशभरको मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानहरुमा भारी वर्षाको अनुमान गरिएको महाशाखाका मौसमविदले उल्लेख गरेका छन्।

बुधबार राति पनि देशभर सामान्यतया बदली रहने छ भने केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार ०८:२७