सूचनाको शक्ति - The Power Of Information

        

सरकारले लक्षण नदेखिएका संक्रमितको परीक्षण नगर्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितको परीक्षण नगर्ने भएको छ ।

स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन ईकाइको आइतवार बसेको वैठकले लक्षण देखिएका व्यक्तिहरुको मात्र परीक्षण गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले क्वारेन्टिनमा र्दुइ साता अनिवार्य बस्नुपर्ने तर उनीहरुमा लक्षण नदेखिए परीक्षण नगर्ने र फ्रन्ट लाईनमा खटेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको पनि लक्षण नभए परीक्षण नगर्ने जनाएको छ ।

उपचारमा खटिने नर्श , चिकित्सक , प्रयोगशलाहरु र सरसफाईमा खटिनेहरुमा कुनै लक्षण चिन्ह वा पीसीई राम्रो सँग नलगाएको भएमात्र परीक्षण गरिने जनाईएको छ ।

यस्तै मन्त्रालयले लक्षण भएका र विपन्न नागरिकको मात्र निशुल्क उपचार गर्ने समेत निर्णय गरेको छ । अन्य विरामीले भने आफ्नै खर्चमा उपचार गर्नु पर्ने छ ।

मन्त्रालयले निर्णय कार्यान्ययनका लागि सम्बन्धित क्षेत्रहरुमा पत्र पठाईसकेको जनाएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १३:२५