सूचनाको शक्ति - The Power Of Information

        

सरकारविरुद्ध चर्को नाराबाजी गर्दै राजधानीमा नाई श्रमिकको विरोध जुलुस

काठमाडौं । लामो समयको लकडाउन र निषेधाज्ञाका कारण आफूहरूको रोजीरोटी गुमेको भन्दै काठमाडौं उपत्यकाका सैलुन तथा नाई व्यवसायीले मंगलवार उपत्यकामा विरोध प्रदर्शन गरेका हुन् ।

सैलुन र पार्लर तुरुन्त खोल्न माग गर्दै नाई श्रमिकहरू सडक आन्दोलनमा उत्रिएका हुन् । झण्डै २ सयको संख्यामा रहेका श्रमिकहरू ललितपुरको जावलाखेलबाट पुल्चोक, कुपण्डोल हुँदै थापाथलीतर्फ लागेका थिए ।

आफूहरूलाई कुनै राहात र विकल्प नदिई पेशा व्यवसाय धरापमा पारिदिएको भन्दै उनीहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । कोरोना संक्रमण फैलिन नदिन सरकारले गएको चैतदेखि गरेको लकडाउन र निषेधाज्ञाका कारण सैलुन बन्द छन् ।

सरकारले असोज ५ गतेदेखि लामो दूरीका यातायात सञ्चालन गर्ने निर्णय गरेपनि सैलुन व्यवसायको बारेमा कुनै निर्णय नगरेको उनीहरूले आरोप लगाए ।

प्रकाशित मिति : ३० भाद्र २०७७, मंगलवार १३:१६