दु:खसुख आउँछन् जान्छन् आफ्ना रहर मार्नुहुँदैन
गाउँलाई अध्यारोमै छाेडी बसाइँ शहरमा सार्नुहुँदैन
खेती सबले राेप्नुपर्छ बाली पनि सबैकाे पाक्नुपर्छ
मुढे बलमा आफ्नै मात्र खेतबारीमा नहर झार्नुहुँदैन
सत्यम् शिवम् सुन्दरम् सुन्न र देख्न पाइयाेस् सधैं
आयाे भने जीवनमा पुण्य कमाउने प्रहर टार्नुहुँदैन
नापेकाे र ताैले जस्तो कसकाे भाेगाइ छ र जीवन
साना तिना खट्पट्मा कसैसँग बाेली बार्नुहुँदैन
सीता पौडेल ।