सूचनाको शक्ति - The Power Of Information

        

शान्ति मिसनमा जान लागेका सेनामा कोरोना देखिएपछि उडान स्थगित

काठमाडौं ।  संयुक्त राष्ट्रसंघीय शान्ति मिसनका लागि लिविया जान लागेका नेपाली सेनाको केही सैनिक जवानहरूमा कोरोना संक्रमण देखिएपछि उडान स्थगित भएको छ।

युनाइटेड नेसन्स सपोर्ट मिसन इन लिबिया(युएन्समिल)मा खटिएको नेपाली सेनाको टोलीलाई प्रतिस्थापन गर्न जान लागेको अर्को टोलीका सदस्यलाई कोरोना संक्रमण देखिएको हो।

नेपाल एयरलाइन्सको चार्टर फ्लाइटबाट आइतबार साँझ त्यसतर्फ जान लागेको नेपाली सैनिक टोली रोकिएको हो।

काभ्रेपाल्चोकको पाँचखालस्थित श्री वीरेन्द्र तालिम केन्द्रमा तालिम समाप्त गरी क्वारेन्टिनमा रहेका फौजमध्ये उडानपूर्व गरिएको परिक्षणमा केहीमा संक्रमण पुष्टि भएको हो।

‘सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’यसरी पोजेटिभ देखिएका व्यक्तिहरूको कन्ट्र्याक्ट ट्रेसिङ गरी सबैजनाको पुनःस्वास्थ्य परिक्षण पश्चातः मात्र रोटेशन फ्लाइटको मिति तय गरिने व्यहोरा जानकारी गराइन्छ।’

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार ०९:४२