सूचनाको शक्ति - The Power Of Information

        

आज देशका यी स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने

काठमाडौं । सोमबार देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ ।

अहिले देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २,  गण्डकी प्रदेश र  प्रदेश ५ का केही स्थानमा हल्कादेखी मध्यम पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार  मनसुनको  न्युन चापीय  रेखा  नेपाल भन्दा दक्षिण तर्फ रहेकोले देशका केही स्थानमा बदली भई पानी परिरहेको छ ।

आज दिउँसोपछि देशभर सामान्यतया  बदली रहि केही स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । भने प्रदेश १, प्रदेश २,  वाग्मती प्रदेश,  गण्डकी प्रदेश, प्रदेश ५ र  सुप प्रदेशमा ठुलो पानी  पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।

त्यस्तै आज राती पनि प्रदेश १,  वाग्मती प्रदेश , गण्डकी प्रदेश , प्रदेश ५ मा ठुलो पानी पर्ने सम्भावना रहेको छ । देशका विभिन्न स्थानमा बदली रही नदीमा पानीको बहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जान सक्ने भएकोले सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७७, सोमबार ०८:५५