काठमाडौं । साउदी अरबले भोलि मंगलबारबाट अन्तर्राष्ट्रिय उडानमाथि लगाउँदै आएको प्रतिबन्धमाथि आशंकि छुट दिने भएको छ।
यस छुट अन्तरगत विशेष परिस्थितिमा सिमित संख्यामा मानिसहरूलई यात्राको अनुमति दिइनेछ।
अरब न्यूजका अनुसार देशका गृहमन्त्रीले कोरोनाका कारण अन्तर्राष्ट्रिय यात्रामा लगाइएको प्रतिबन्ध आगामी वर्षको जनवरीसम्म पूर्णरूपमा हटाइने जनाएका छन्।
मानिसहरूलाई जल, थल र सीमाबाट आवतजावतको अनुमति दिइनेछ। प्रतिबन्ध हटाइने मितिको घोषणा वर्ष सकिनु ३० अगाडि दिइनेछ र स्वास्थ्य मन्त्रालयले यात्री तथा यात्रा सेवा प्रदायकका लागि नियमहरू तय गर्नेछन्।
यसैगरी विमानस्थल, वन्दरगाह र स्टेशनहरूका लागि पनि नियमहरू तय गरिनेछ। अरब न्यूजका अनुसार साउदी अरबमा आइतबारसम्म देशका ९३ प्रतिशत संक्रमित ठिक भएका छन्।
स्वास्थ्य मन्त्रालयको हवाला दिदैं प्रकाशित समाचारका अनुसार साउदीमा ३ लाख २५ हजार ६ सय ५१ संक्रमित रहेकोमा ३ लाख २ हजार ८ सय ७० संक्रमित निको भइसकेका छन्।
सत्यपाटी ।