सूचनाको शक्ति - The Power Of Information

        

नेपाल कम्युनिस्ट पार्टी

महाधिवेशन तयारी बारे छलफल गर्न आइतवार नेकपा संगठन विभागको बैठक

नेकपा भित्र सदस्यताको विवाद टुंगिएको छैन

काठमाडौं। आगामी चैत्र महिनाको २५ देखि ३० सम्म पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संगठन विभागको बैठक आइतवार बस्दैछ ।

उपाध्यक्ष वामदेव गौतम संयोजक रहेको विभागको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्वराहीमा बिहान ११ बजेका लागि बोलाइएको छ । विभागको उपप्रमुख जनार्दन शर्मा छन् ।

गत वर्ष माघ महिनामा बसेको नेकपा केन्द्रीय कमिटी बैठकले २०७७ साल चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो । शुक्रवार बसेको नेकपा स्थायी कमिटी बैठकले महाधिवेशनको मिति तोक्दै चैत्र २५ देखि ३० सम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो ।

७ महिना पछि महाधिवेशन गर्ने मिति तोकिए पनि नेकपा भित्र सदस्यताको विवाद टुंगिएको छैन । तत्कालीन नेकपा एमालेका सदस्यको विवरण अद्यावधिक भएपनि तत्कालीन माओवादीको तर्फबाट सदस्य संख्याको संस्थागत विवरण अद्यावधिक छैन् ।

संगठन विभागको बैठकले सदस्यता नवीकरण लगायत महाधिवेशन तयारीको विषयमा छलफल गर्ने नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २८ भाद्र २०७७, आइतवार १०:४०