सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

चितवनमा थप ८७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ३ देखि ९० वर्षका

४४६ वटा नमूना परीक्षण

काठमाडौं । चितवनमा एकै दिनमा ८७ जना कोरोना संक्रमित थपिएका छन्।

भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका ७३ जनासहित चितवनका ८७ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमितहरू ३ देखि ९० वर्षसम्मका छन्। कालिका नगरपालिकाका ८, खैरहनीका ४ र रत्ननगरका २  जनामा पनि संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् ।

४४६ वटा नमूना परीक्षण गरिएकोमा अन्यको रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार ०७:३७