सूचनाको शक्ति - The Power Of Information

        

बुटवल कोरोना अस्पतालमा ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप एक जनाका कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

जिल्लाको ओमसतिया-५ का ४० वर्षीय पुरुषको भेन्टिलेटरमा राखी उपचार भइरहँदा श्वासप्रश्वासमा समस्या भएपछि राति साढे १२ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

गत भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पतालमा आई पीसीआर परीक्षण गर्दा पोजिटिभ भेटिएका उनलाई १६ गते कोरोना अस्पतालमा सारिएकामा २४ गतेबाट थप समस्या भएपछि भेन्टिलेटरमा राखी उपचार गरिएको डा. थापाले बताए । मृतक मधुमेहका बिरामी थिए ।

प्रकाशित मिति : २७ भाद्र २०७७, शनिबार ०७:३१