सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेका १८ सहित २४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए?

देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५१ हजार ९१९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १४, मोरङका ४७, संखुवासभाका १२, सुनसरीका ४४, धनुषाका २, पर्साका ३, बाराका २, रौतहटका २, महोत्तरीका २, रौतहटका ६, सप्तरीका ४, सर्लाहीका ७, सिराहाका ४२, काठमाडौँका ६२०, काभ्रेका ११, चितवनका ७४, धादिङका १, नुवाकोटका ३, भक्तपुरका ३८, मकवानपुरका ५४, रामेछापका १, ललितपुरका ३८, सिन्धुपाल्चोकका २, सिन्धुलीका २, कास्कीका ११, गोर्खाका ६, तनहुँका ८, नवलपरासीपुर्वका ३८, पर्वतका २, लमजुङका ६, स्याङजाका ४, कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, बर्दियाका १, बाँकेका १८, रुपन्देहीका १०२, रोल्पाका ३, रुकुमपुर्वका ११, रुपन्देहीका १०२, रोल्पाका ३, जुम्लाका १, सुर्खेतका २६, कञ्चनपुरका २, कैलालीका ६७, तथा डोटीका ६ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९७२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १० हजार ७०१ जनाको पीसीआर परीक्षण भएको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ रहेको छ। हाल ६ हजार ७८ जना क्वारेन्टिनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार देशभर १७० जनाको आईसीयुमा र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, मुगु र हुम्ला गरी ६ जिल्ला कोरोना भाइरस संक्रमणमुक्त रहेका छन्।

यसैगरी सुनसरी, सर्लाही, काठमाडौँ, चितवन र रुपन्देहीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १७:१०