सूचनाको शक्ति - The Power Of Information

        

मनिकापुरमा भेटियो पुरुष शव

बाँके । बाँकेमा एक जना पुरुषको शव फेला परेको छ । नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित नहरमा एक जना पुरुषको शव फेला परेको हो । नहरमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

नहरमा भेटिएको शव कोहलपुर नगरपालिका–१४ का ५० बर्षीय बुद्धिराम खटिकको शव रहेको रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरिक्षक रणबहादुर बिष्टले जनाएका छन् । उनका अनुसार मृतकको शवको झण्डै ५० मिटर टाढा नहरमै साइकल भेटिएको छ ।

घटनाका बारेमा अनुसन्धान थालेकोले पोष्टमार्टम रिपोर्टपछि मात्रै घटनाका बारेमा विस्तृत जानकारी हुने प्रहरी निरिक्षक बिष्टले जानकारी दिए । मृतक कोहलपुर–१४ मै रहेको बर्षा रिसाइक्लिङ प्रालिमा काम गर्दै आएको बुझिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १६:५२