सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट नेपालमा अहिलेसम्म ३२२ जनाको मृत्यु पुष्टि

काठमाडौं । नेपालमा शुक्रवार थप १ हजार ४५४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टाको अवधिमा थप ५ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२२ पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ ।

मन्त्रालयका अनुसार शुक्रवार थप ९७२ जना डिस्चार्ज भएका छन् । हाल होम आईसोलेशनमा ६ हजार ६३४ जना रहेका छन् । नेपालमा संक्रमितको संख्या १४ हजार ९२५ जना रहेका छन् ।

कुल पीसीआर परीक्षण संख्या ८ लाख २१ हजार १८६ पुगेको छ । हाल क्वारेन्टाइनमा ६ हजार ७८ जना रहेका छन् । त्यसैगरी कुल संक्रमित मध्ये ७१ प्रतिशतलाई कोरोना संक्रमणबाट निको भएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १६:३८