सूचनाको शक्ति - The Power Of Information

        

नेपालमा एकैदिन १४५४ जनामा कोरोना भाइरसको संक्रमण

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा थप १४५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सहित नेपालमा कोरोना संक्रमित हुने को संख्या ५१ हजार ९१९ जना पुगेको छ। पछिल्लो २४ घन्टामा थप ९७२ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म ३६ हजार ६७२ उपचारपछि निको भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ९२५ छ। ८ हजार २९१ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार ६३४ होम आइसोलेसनमा छन्।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १६:३१