भेटको बेला सबैले केही न केही बोल्ने गर्छन् मनको बन्द ढोका अलिअलि गर्दै खोल्ने गर्छन् ।
आफ्ना लागि हैन अरूकै निम्ति बाँच्नेहरू यहाँ यस्ताले मृत्युसँग जिन्दगीको बाजी मोल्ने गर्छन् ।
दियालो झैं बलेको मन निभ्न आँट्दा खेरी पनि प्रकाश भै अध्यारोलाई सहजै छिचोल्ने गर्छन् ।
मिलनमा हाँस्नेहरू विछोडमा सधैं रून्छन् किन यस्ताले नै जीवन यात्रा रोएर नै बिथोल्ने गर्छन् ।
बाँसगढी, बर्दिया
सीता पौडेल ।