सूचनाको शक्ति - The Power Of Information

        

आइतबारदेखि सर्वोच्चले नियमित सेवा सुरु गर्ने

काठमाडौं । आइतबारदेखि सर्वोच्च अदालतले नियमति सेवा सुचारु गर्ने भएको छ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न यही भदौ ४ गतेदेखि उपत्यकामा सहितका जिल्लामा निषेधाज्ञा जारी गरेपछि सर्वोच्चले बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित निवेदनमा मात्र सुनुवाइ गर्दै सेवामा संकुचन ल्याएको थियो।

उपत्यकाका तीनवटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा खुलेसँगै नेपाल बार एशोसियशन, सर्वोच्च बार एशोसियशनसँगको छलफलपछि सर्वोच्च प्रशानसले आइतबारदेखि नियमति सेवा सुचारु गर्ने निर्णयमा पुगेको सहप्रवक्ता एवं उपरजिष्टार देवेन्द्र ढकालले जानकारी दिए।

ढकालका अनुसार आइतबारदेखि सबै प्रकृतिका रिट निवेदन, पुनरावेदन दर्ता, रिट निवेदन तथा अन्य निवेदनहरुको प्रारम्भिक सुनुवाई, अन्तरिम आदेश सम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ हुनेछ।

त्यस्तै मुद्दा दोहो¥याइ पाउँ भन्ने, निवेदन तथा मुलुकी फौजदारी(कार्यविधि) संहिता, २०७४ को दफा ७३ न अन्तरत परेका निवेदन प्रवितेदनमाथि सुनुवाई, मुद्दा फिर्ता तथा मिलापत्र सम्बन्धी काम कारबाही र सुनुवाइ हुनेछ।

यसअघि पनि सर्वोच्चले गत चैत ७ गतेदखि साउन ६ गतेसम्म सेवामा संकुचन ल्याएको थियो। सर्वोच्चले बिहीबारदेखि उपत्यका जोर विजोर प्रणालीअनुसार सार्वजनिक यातायात खुलेकाले निधषेधाज्ञा/लकडाउनका कारण रोकिएका हदम्याद, म्याद, तारिखको तीस दिने समय सुरु हुने जनाएको छ।

उपत्यकाभित्रका सेवाग्राहीले आफ्नो गुज्रेको हदम्याद, म्याद, तारिख बाटाको म्याद बाहेक भदौ २५ गतेको एक महिनाभित्र लिन सक्न सर्वोच्चले आग्रह गरेको छ।

उपत्यका बाहिरका सेवाग्राहीले भने सार्वजनिक यातायातको साधन तथा अन्तराष्ट्रिय हवाई उडान सञ्चालन हुने निर्णय भइ सेवा सञ्चालनम आएपछि सोही मितिबाट अदालतमा हदम्याद, म्याद तारिखका लागि बाटोको म्यादबाहेक तीस दिनभित्र उपस्थित हुनुपर्ने जनाएको छ।

उपत्यका बाहिर हवाइ उडान असोज १५ गतेदेखि खोल्ने तयारी संस्कृत पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार १०:०८