सूचनाको शक्ति - The Power Of Information

        

डोटीमा जीप दुर्घटना हुँदा १० घाइते

डोटी । डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. – १ शान्तिनगरमा जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

धनगढीबाट अछामका लागी छुटेको से१ज १०६६ नम्बरको जीप आज बिहान दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए ।

अछामको मल्लेक गाउँपालिकाका स्थानीय चढेको उक्त जीप  बिहान दुर्घटना भएको हो ।  उनीहरु  भारतबाट रोजगारी गरी घर फर्किँदै गरेका थिए ।

जीप सडकबाट १०० मिटर तल  खसेकाे छ । घाइतेहरुको उद्धार कार्य जारी छ । उनीहरुलाई जिल्ला अस्पताल डोटीमा ल्याईंदै छ । घाइतेमध्ये दुइकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।  दुर्घटनाकाे कारण खुलेकाे छैन ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार ०९:३९