सूचनाको शक्ति - The Power Of Information

        

पहिरोले नारायणगढ-मुग्लिन खण्ड अवरुद्ध

चितवन ।  नारायणगढ-मुग्लिन खण्डअन्तर्गत चोरखोलानजिकै पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका ६ स्थित कालीखोला र चोरखोलाको बीच स्थानमा बिहान ८ बजे पहिरो खसेको हो ।

पहिरो ठूलो खसेकाले र हाल उक्त स्थानमा पानी परिरहेकाले खुल्न समय लाग्‍ने कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । ‘‘पहिरो पन्छाउन दुईतर्फ बाटै लोडर पठाइसकेका छौं,’’ उनले भने, ‘‘खुल्न दुई, तीन घण्टा लाग्छ होला ।’’

पहिरो गएपछि सवारीसाधन जाममा परेका छन् । पहिरो गएको स्थान मुग्लिनबाट करिब ४ किमि नारायणगढतर्फ पर्छ ।

प्रकाशित मिति : २६ भाद्र २०७७, शुक्रबार ०९:३६