काठमाडौं । भारत र चीनबीच सीमा क्षेत्र लद्दाखमा जारी विवाद समाधानका लागि पाँच बुँदे सहमति भएको छ।
समाचार एजेन्सी एएनआईका अनुसार भारतका विदेश मन्त्री एस जयशंकर र उनका समकक्षी वाङ यीबीच रुसको मस्कोमा भएको वार्तामा सीमामा शान्ति स्थापना गर्ने सहमति भएको हो।
तर सहमतिका बुँदा समाचारमा खुलाइएकाे छैन। वार्तामा भारतका विदेशमन्त्री जयशंकरले आफूहरू सीमामा तनाव बढाउने पक्षमा नरहेको र चीनसँगको नीतिमा पनि कुनै परिवर्तन नगरिएको बताएको समाचारमा उल्लेख छ।
यसैगरी चीनले पनि भारतप्रतिको नीति बदलेको छैन भन्ने विश्वास रहेको उनले बैठकमा बताएका थिए। चीनका विदेशमन्त्रीले पनि सीमामा जारी विवाद समाधान चाहेको बताएका थिए। एजेन्सी
सत्यपाटी ।