सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा थपिए १८ जना कोरोना संक्रमित

बाँके । बाँकेमा बिहीबार थप १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा १५० जनाको नमुना परीक्षण गर्दा १४ जना र कोहलपुरको बागेश्वरी ल्यावमा गरिएको परीक्षणमा २ जना मा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार ३५८ पुगेको छ । आज संक्रमण पुष्टि भएकामध्ये नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ८ जना, भेरी अस्पतालका ४ जना र नेपालगन्ज वडा नं. १० र ११ का दुई जना रहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानरपालिकाका स्वास्थ्य शाखा प्रमूख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्द लगायत ल्यावका कर्मचारीमा संक्रमण देखिएको जनाएको छ ।

आज संक्रमण देखिएका अधिकांश स्वास्थ्यकर्मीहरु रहेको कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । बाँकेमा हालसम्म मृत्यु भएका ८ जनामा मृत्युपछि कोरोना भाइरस संक्रमणबाट पुष्टि भएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १७:१३