सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो, ३१७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरमा थप १ हजार २४६ जना संक्रमित थपिएको बताए ।

नेपालमा कुल संक्रमितको संख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ । आज देशभरमा सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा ११ हजार १४४ पीसीआर परीक्षण गरिएको र योसँगै नेपालमा ८ लाख १० हजार ४८५ पीसीआर परीक्षण भएको छ भने हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् ।

पछिल्लो २४ घण्टामा थप १ हजार ८१८ जना कोरोना संक्रमित निको भएसँगै कोरोना संक्रमणबाट निको हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १६:३६