सूचनाको शक्ति - The Power Of Information

        

जनस्वास्थ्य अधिकृत चन्दलाई कोरोना संक्रमण

बाँके । नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख एवं जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दलाई कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल, नेपालगन्ज प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा चन्दलाई कोरोना देखिएको हो । भेरी अस्पतालले भने यसबारे आधिकारिक जानकारी दिएको छैन ।

कोरोना संक्रमण र रोकथाममा निरन्तर खटिरहेका जनस्वास्थ्य अधिकृत चन्दले फेसबुकमार्फत आफू संक्रमित भएको जानकारी दिएका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘विश्वव्यापिरूपमा फैलिएको कोभिड १९ को महामारीबाट अछुतो रहन सकिन । आज आएको स्वाव रिपोर्टमा मलाई पोजेटिभ देखिएकोले मेरो प्रत्यक्ष सम्पर्कमा रहनुभएका सम्पूर्ण साथीभाई, इस्टमित्रहरुमा जानकारी गराउँदै पीसीआर टेष्ट गराउन अनुरोध गर्दछु ।’

कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि फ्रण्टलाइनमै रहेर काम गर्दै आएका जनस्वास्थ्य अधिकृत चन्द लकडाउन शुरु हुनुअघिदेखि नै कोरोनाविरुद्धको अभियानमा सक्रिय भएर खटिएका थिए । कोरोना रोकथाम र नियन्त्रण अभियानमा नेतृत्वदायी भूमिकामा रहेर फ्रण्टलाइनमै रहेर काम गर्ने ब्यक्तिहरु पछिल्लो समयमा संक्रमित हुँदै आएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहीबार १६:०६